भारतीय फुटबल महासंघलाई फिफाले लगायो प्रतिबन्ध
१ भदौँ, एजेन्सी । भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्ध लगाएको छ ।
भारतको सर्वोच्च अदालतको आदेशमा एआईएफएफका अध्यक्ष प्रफुल्ल पटेललाई हटाएर प्रशासकको समिति (सीओए) को गठन गरेपनि फिफाले यो कदमप्रति असहमति जनाएर तेस्रो पार्टीको हस्तक्षेपलाई अमान्य भन्दै भारतीय फुटबललाई प्रतिबन्ध लगाएको हो ।
विगतका केही महिनादेखि एआईएफएफका क्रियाकलाप ठीक ढङले चलेको छैन् । यस्तै, हालको वर्ष भारतको सर्वोच्च अदालतको आदेशमा एआईएफएफका अध्यक्ष पटेललाई खेल मन्त्रालयले हटाएको थियो ।
साथै खेल सञ्चालन गर्नको लागि सीओए गठन गरिएो थियो । एजेन्सी






