सोपारको इन्काउन्टरमा मारिए ३ चरमपन्थी
७ असार, रौतहट । भारतको कश्मीर स्थित सोपारमा सुरक्षाबल र चरमपन्थीबीच भएको झडपमा ३ जना चरपन्थीको मृत्यु भएकोे छ ।
कश्मीरका आइजीपी विजय कुमारका अनुसार आइतबारको सो घटनामा मृत्यु हुने तीनै जना चरमपन्थी संगठन लस्कर ए तैयबाका रहेका थिए । जसमा चर्चित चरमपन्थी पण्डित पनि रहेका जनाएका छन् ।
कश्मीर जोनको प्रहरी ट्विीट गर्दै लेखछन् , शीर्ष लश्कर ए तैयबा मुदस्सिर पण्डित ३ सुरक्षाकर्मी, २ काउन्सलर र २ सर्वसाधारणको हत्या र आतंकवादी गतिबिधिका लागि जिम्मेवार थिए । जो सोपार इन्काउन्टरमा मारिएका छन् ।
सोपारको इन्काउन्टरपछि चरमपन्थीहरुबाट तीन वटा एके ४७ राइफल र अन्य विस्फोटक सामाग्री फेला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।






