भारतमा सवरी दुर्घटनामा परि १७ को मृत्यु,१० घाइत

   २६ जेष्ठ २०७८, बुधबार ११:२४  

२६ जेठ, रौतहट । भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । कानपुरमा गएराति यात्रु एसी बस र लोडर ठोक्किँदा थप १० जना घाइते समेत भएका छन् ।

मृत्यु हुनेमा धेरै जसो मजदुरहरु लोडरमा सवार थिए । लखनउबाट दिल्लीका लागि छुटे बस र लोेडर एकआपसमा ठोक्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको कानपुर हैलट अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेश सरकारले यस घटनामा मृतकका परिवारलाई दुई–दुई लाख नगद राहत दिने घोषण गरेका छन् । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका परिवारलाई लाख नगद राशि दुई–दुई लाख र  घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

उत्तर प्रदेशको कानपुरमा भएको सवारी दुर्घटनामा एकै चोटी १० जनाको मृत्युु हुनु निकै दुखद विषय हो । भारतमा विगत केहि वर्ष देखि सवारी दुर्घनाहरु बढेका छन् ।