पाकिस्तानमा दुई रेल ठोक्किदाँ ३० जनाको मृत्यु

   २४ जेष्ठ २०७८, सोमबार १५:२३  

२४ जेठ, रौतहट । पाकिस्तानको सिन्ध प्रान्तमा सोमबार बिहान दुई रेल ठोक्किदाँ कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

सिन्ध प्रान्त स्थित डहरकी नजिकै सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेस एक अर्कासँग ठोक्किएर थुप्रै जना घाइते भएको पाकिस्तानी रेडियो सञ्चारमाध्यमले जनाएको छ ।

रेडियो पाकिस्तानका अनुसार यो दुर्घटना सोमबार बिहानै भएको हो र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । गम्भीर घाइतेहरुलाई अस्पताल भर्ना गराइएको छ ।

रेलवे विभागका अनुसार मिल्लत एक्सप्रेस कराँचीबाट सरगोधा जाँदै थियो भने सर सैयद एक्सप्रेस रावलपिन्डीबाट कराँची जाँदै गरेको अवस्थामा घोटकी नजिकै डहरकी र रेतीको रेलवे स्टेशनबीच दुर्घटना भएको थियो ।

समाजिक सञ्जाल ट्विटरमा दुर्घटना भइसके पछिको भिडियो समते भाइरल भएको छ । भिडियोको तल हेर्न सकिन्छ ।