पत्रकारमाथि हमला गर्ने दोषीलाई पक्राउ गर्न पाकिस्तान सँग आग्रह
२४ जेठ, रौतहट । अमेरिकाले पत्रकार अब्सर आलममाथि आक्रमण गर्ने दोषीलाई पक्राउ गर्न पाकिस्तान सरकारलाई आग्रह गरेको छ ।
पत्रकारहरुको संरक्षण महत्वपूर्ण बिषय रहेको भन्दै पत्रकार आलममाथि आक्रमण गर्ने दोषी पत्ता लगाउन अमेरिकी विदेश मन्त्रालयले पाकिस्तान सरकारलाई आग्रह गरेको हो ।
पत्रकार आलमलाई इस्लामाबादस्थित आफ्नो निवास नजिकै पार्कमा गोली हानी हत्या गर्ने प्रयास भएको थियो । अमेरिकी विदेश मन्त्रालयले ट्विट मार्फत वरिष्ठ पत्रकार आलमको सुस्वास्थ्यको कामना गर्दै दोषी पक्राउ गर्न पाकिस्तालाई आग्रह गरेको छ ।
आक्रमणकारीले पेटमा गोली हानी हत्या गर्ने प्रयास गरेको पत्रकार आलमले भिडियो सन्देशमार्फत जनाएका छन् ।
सेनाको आलोचना गरेको आरोपमा पाकिस्तान बिद्युतीय अपराध ऐन २०१६ अन्तर्गत पत्रकार र मिडियाहरु मथि कारबाही गर्न व्यवस्था छ ।






