चीनको कोइला खानीमा बिस्फोट, ८ जना बेपत्ता
२४ जेठ, रौतहट । चीनको उत्तरपूर्वमा रहेको हेलोङच्याङको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ८ जना बेपत्ता भएका छन् ।
बिस्फोटपछि उनीहरूलाई जीबितै भेट्टाउने सम्भावना क्षीण रहेको अधिकारीहरूले बताएका छन् ।
चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई उद्धृत गरी ज्यासी शहरको कोइलाखानीमा लङ्मे माइनिङ होल्डिंग ग्रुप कम्पनी लिमिटेडद्वारा संचालित कोइला खानीमा शनिबार दिउसो १२:०७ मा दुर्घटना भएको जनाएको छ ।
उद्धारकर्मीहरूले वेपत्ता श्रमिकहरूको खोजी र उद्धार प्रयासहरू गरिरहेको तर आइतबार साँझसम्म उनीहरूको अवस्था थाहा हुन नसकेको बताएका छन् ।






