उत्तर प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ८ जनाको मृत्यु, ७ घाइते

   १९ जेष्ठ २०७८, बुधबार १४:०८  

१९ जेठ, रौतहट । भारतको उत्तर प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । ग्यास सिलिण्डर विस्फोटमा परी २ पुरुष, २ महिला र ४ बालबालिकाको मृत्यु भएको छ ।

उत्तर प्रदेशको गोन्डा जिल्लामा मंगलबार राति खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा ८ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाइते भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

नुरल हसनको परिवारले खाना पकाइरहेका बेला ग्यास सिलिण्डर विस्फोट भएको समाचारमा उल्लेख गरिएको छ । टिक्री गाउँमा भएको उक्त विस्फोटपछि एक आपसमा जोडिएका २ वटा घर ढलेको हो ।

यस घटनाबारेआवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एजेन्सी