भारत लगायत अन्य देशहरुमा संक्रमित संख्या घट्दै
१८ जेठ, राैतहट । भारत लगायत अन्य देशहरूमा पनि कोरोना संक्रमितको संख्या घटिरहेको छ ।
भारतमा एक दिनमा १ लाख २६ हजार ६९८ जना संक्रमित घटेका छन् भने अमेरिकामा ५ हजार ३५ जना संक्रमित थपिएका छन् । एक दिनमा अमेरिकामा २२ हजार ९५६ संक्रमित निको भएका छन् र ११५ जनाको मृत्यु भएको छ ।
यसैगरी ब्राजिलमा ३२ हजार ५५४ जना संक्रमित थपिएका छन् भने ८७४ जनाको मृत्यु र ५१ हजार ८८७ जना निको भएका छन् ।
काेराेनाभाइरसकाे दाश्राे लहरकाे स्तर समान्य हुदै छ । भारतमा दैनिक संक्रमणदरमा कमी भइरहेकाे देखिन्छ ।






