भारतमा काेराेनाविरुद्व नक्कली औषधी बेच्ने समुहकाे खुलासा
१७ जेठ, राैतहट । भारतमा कोरोनाभाइरसकाे नक्कली औषधि बेच्नेहरुकाे समुह सक्रिय भएको देखिएकाे छ ।
कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० जना पक्राउ परेसँगै गिरोहको बारे खुलासा भएको हो ।
भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।
सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको वरिष्ठ प्रहरी अधिकारी प्रेम नाथले जनाएका छन् ।
यी अपराध अत्यन्तै तल्लो स्तरको र मानवताविरोधी भएको भन्दै उनीहरूलाई कडा कारबाहीको माग भएको छ ।






