इजरायल र प्यालेस्टाइनबीच युद्धविराम पछि पनि तनाव जारी
८ ज्येष्ठ, रौतहट । इजरायल र प्यालेस्टाइनबीच युद्धविरामको घोषणापछि पनि तनाव कम हुन सकेको छैन ।
युद्धविरामको घोषणापछि पनि इजरायली सुरक्षाकर्मी र प्यालेस्टाइनका नागरिकबीच गाजा क्षेत्रमा झडप भएको हो ।
११ दिनको हिंसात्मक गतिविधिपछि दुवै पक्षले शुक्रबार बिहान युद्धविरामको सहमति गरे पनि फेरि झडप भएको बीबीसीले जनाएको छ ।
प्यालेस्टाइनका नेता हनान अशरवीले सबै विवाद समाधान नगरे युद्धविराम अस्थायी मात्रै हुने चेतावनी दिएका छन् ।
११ दिनसम्म भएको भिडन्तमा एक सय जना बालबालिकासहित २३२ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको थियो ।






