अमेरिका र अष्ट्रेलियालमा भारतबाट आउनेहरुलाई प्रतिबन्ध

   १८ बैशाख २०७८, शनिबार १५:२३  

१८ वैशाख, रौतहट । अमेरिका र अष्ट्रेलियाले भारतबाट आउनेहरुमाथि प्रतिबन्ध लगाएको छ । भारतमा संक्रमण बढ्ने तीव्रतालाई हेर्दै जादा अमेरीकाले सो कदम चालेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

सो प्रतिबन्ध सम्बन्धि निर्णयमाथि अमेरिकी राष्ट्रिपति जो बाइडेनले शुक्रबार हस्त्ताक्षर गरेका थिए । आउनेहरुलाई १४ दिन अनिवार्य कोरोनटाइनमा बस्नुपर्ने समेतको व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।

आउनेहरुमाथि प्रतिबन्ध सम्बन्धी निर्णय ४ मे देखि लागु हुनेछ । यो निर्णय लागु भए पछि अनिच्श्रितकाल सम्मका लागि लागु रहनेछ । कोरोनाभाइरसको बढ्दै तीब्रता रोक्नका लागि भारतमाथि प्रतिबन्ध सम्बन्धी निर्णय सरकारले गर्नु परको अधिकारीहरुको भनाइ छ ।

भारतमा अहिले संक्रमित अत्यधिक छ भने दैनिक हजारौं मृत्युदर बढ्दै छन् । महमारी फैलिने डरले अरु देशहरु पनि भारतबाट अवागमनका लागि प्रतिबन्ध लगाएका छन् । ती मध्ये एक अष्ट्रेलिया हुन् । अष्ट्रेलिया सरकारले त आदेश नमान्नेलाई पाँच वर्ष जेल सजाय हुने व्यवस्था पनि गरका हुन् ।

शनिबार अष्ट्रेलियाले घोषणा गरेको यात्रा प्रतिबन्ध सम्बन्धी निर्णयमा सरकारको आदेश नमान्नेलाई जेल सजायको व्यवस्था गरिएको उल्लेख छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप ४ लाख २ हजार १ सय १० जनामा कोरोनोभाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै एकै दिनमा भारतमा ३५ सय २२ जनाको मृत्यु भएको छ ।