भारतमा कोरोना अस्पतालमा आगलागी हुँदा १३ संक्रमितको जलेर मृत्यु

   १० बैशाख २०७८, शुक्रबार १२:२६  

१० बैशाख, रौतहट । भारतमा कोरोना विशेष अस्पतालमा आज बिहान आगलागी हुँदा १३ जना संक्रमितको जलेर मृत्यु भएको छ । भारतको मुम्बईस्थित विजय वल्लभ अस्पतालमा आगलागी हुँदा उपचाररत १३ जना संक्रमितको ज्यान गएको हो ।

शुक्रबार बिहान शर्ट सर्किटका कारण भएको आगलागीमा परी १३ जना कोरोना बिरामीको जलेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहान करिब साढे ३ बजेतिर अस्पतालमा आगलागी भएको हो । २ घण्टापछि साढे ५ बजे आगलागी नियन्त्रणमा आएको थियो । आगलागी भएको आइसियू वार्डमा १७ जना कोरोनाका बिरामी उपचाररत थिए ।

अस्पतालको आइसियू वार्डमा आगलागी भएको थियो ।