भारतमा १ लाख ६१ हजार कोरोनाको नँया संक्रमित थपिए, ८७९ जनाको मृत्यु

   ३१ चैत्र २०७७, मंगलवार १२:०५  

३१ चैत, रौतहट । भारतमा कोरोनाको थप १ लाख ६१ हजार ७३६ संक्रमित फेला परेको छ । यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ।

बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण ८७९ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म कोरोनाले १ लाख ७१ हजार ५८ जना संक्रमितको मृत्यु भइसकेको छ।

संक्रमण बढ्दै जाँदा भारतका विभिन्न शहरहरुमा लकडाउन लागू गरिएको छ। यस्तै १०० भन्दा बढी संक्रमित हुने जिल्लाहरुमा रात्री र्कफ्यु आदेश समेत जारी गर्दै सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ।

मंगलबार बिहानसम्म ९७ हजार १६९ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर १२ लाख ६४ हजार ६९४ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।