म्यानमारमा थप ८० जना प्रर्दशनकारीको मृत्यु
२९ चैत, रौतहट । म्यानमारमा सुरक्षाबलले शुक्रबार यंगून शहर नजिकै प्रदर्शनकारीमाथि राइफल ग्रेनेड चलाए जसका कारण ८० भन्दा बढीको मृत्यु भएको छ ।
एएपीपीले दिए जानकारी अनुसार सुरुमा यंगूनको उत्तर–पूर्वस्थित बगो शहरमा सुरक्षाबलको हमलामा मारिएका मानिसहरुको संख्याको अन्दाज लगाउन सकिएको थिएन ।
प्रत्यक्षदर्शीका अनुसार सुरक्षाबलले शवलाई जेयार मुनी पगोडा (एक प्रकारको बौद्ध भवन) को परिसरमा एकमाथि अर्को गरी खप्टिएर राखेका थिए र इलाकालाई चारैतिरबाट घेरिएको थियो ।
स्थानीय समाचार एजेन्सी म्यानमार नाउ र एएपीपीले शनिबार सुरक्षाबलले सैन्य कूविरुद्ध प्रदर्शन गरिरहेका ८२ जनालाई गोली हानेको जानकारी दिएका छन् ।
म्यानमार नाउले भन्यो, ‘सेनाले शुक्रबार सबैभन्दा पहिला गोली चलाउन सुरु गरे र यो अपरान्हसम्म जारी रह्यो ।’
एक प्रदर्शन आयोजक ये हुतुतले समाचार एजेन्सीसँगको कुराकानीमा ‘यो नरसंहार जस्तो हो । उनीहरुले सबैलाई गोली हानिरहेका छन् । यहाँसम्म कि उनीहरु छायाँमाथि पनि गोली हानिरहेका छन् ।’






