विश्वमा पहिलाे पटक जीवित दाताकाे फोक्सो प्रत्यारोपण
२४ चैत, राैतहट । एक जना जापानकी महिला जीवित दाताको फोक्सो प्रत्यारोपण गरिने प्रथम महिला बनेकी छन्।
प्रत्यारोपण सम्पन्न गर्न करिब ११ घण्टा लागेको थियो। ती महिला र दुवै दाताको अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन्।
कोरोनाभाइरस सङ्क्रमणका कारण फोक्सो प्रभावित भएपछि उनले आफ्ना छोरा र श्रीमानबाट फोक्सोको अंश प्राप्त गरेकी हुन्।
चिकित्सकहरूले उनी छिट्टै पूर्ण रूपमा निको हुने आशा व्यक्त गरेका छन्।
”यो उपचारले धेरै आशा जगाएको छ किनकि यसले नयाँ विकल्प सृजना गरिदिएको छ,” प्रत्यारोपणमा संलग्न चिकित्सक प्राध्यापक हिरोसी डेटले भनेका छन्।
जापानमा फोक्सो प्रत्यारोपणका लागि कुरिरहेका बिरामीहरूको सङ्ख्या निकै धेरै रहेको अस्पतालले जनाएको छ।
बीबीसि






