बिस्तारामा पिशाब फेरेको कारण बुबाले आफ्नै छोराको गरे हत्या

   २ पुष २०७७, बिहीबार १३:५०  

२ पुस, रौतहट । भारतको उत्तर प्रदेशमा बिस्तारामा पिशाब फेरेको कारण आफ्नै छोरालाई एक पिताले हत्या गरेका छन् ।

उनले आफ्नी ३ वर्षीय छोरा रविन्द्रलाई पिटेर र जमीनमा फालेर हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका हुन् ।

पिशाब फेरेको कारण आफ्नै छोराको हत्या गरेको आरोपमा सन्तराम प्रजापतीलाई बुधबार राति नै नियन्त्रणमा लिएको थियो ।