कोरोना विरुद्धको फाइजर खोपलाई क्यानडाले दिए स्वीकृति

   २५ मंसिर २०७७, बिहीबार १५:२१  

२५ मंसिर, रौतहट । क्यानडाले कोरोना भाइरस विरुद्धको फाइजर खोप आफ्ना नागरिकमा लगाउन स्वीकृति दिएको छ । क्यानडाको स्वास्थ्य सम्बन्धी एक संस्था हेल्थ क्यानडाले सो खोपको अनुमति दिने विषयमा व्यापाक अनुसन्धान भएको र सरकारले क्यानडाका १६ वर्षभन्दा माथिको उमेरका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ ।

अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानडा सरकारले यस फाइजर खोपको प्रभावकारिता र यसको स्वास्थ्य सुरक्षाका सम्बन्धमा अनुसन्धान गरेको र त्यसपछि यो खोप लगाउन सुरक्षित देखिएको भन्दै उक्त खोप सिफारिश गरेको हो । अर्को हप्तादेखि क्यानडामा सो खोप लगाइने भएको छ । क्यानडाका स्वास्थ्य अधिकारीहरुले अर्को हप्तासम्ममा यो खोप आइपुग्ने र नागरिकलाई लगाउन थालिने जनाएका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले अर्को हप्तासम्ममा यो खोप क्यानडामा आइपुग्ने जानकारी दिए । उनले सो खोपको प्रभावकारिताको अनुसन्धान भएको र क्यानडाका १४ वटा वितरक कम्पनीहरुले उक्त खोप यहाँ ल्याएर वितरण गर्ने बताए ।