कोरोना कारण भारतका बरिष्ठ कवि एवम् पत्रकार डबरालको निधन

   २५ मंसिर २०७७, बिहीबार ११:२१  

२५ मंसिर, रौतहट । भारतका बरिष्ठ कवि एवम् पत्रकार मंगलेश डबरालको कोरोना संक्रमणका कारण निधन भएको छ । ७२ वर्षीय पत्रकार डबरालको बुधबार निधन भएको हो । पत्रकार डबरालको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो ।

साहित्य एकडेमी पुरस्कारबाट सम्मानित भैसकेका उनी समकालीन हिन्दी भाषाका चर्चित कवि हुन् । उनको निधनप्रति समग्र भारतीय साहित्य जगतले संवेदना व्यक्त गरेको छ ।

उनका पहाडमा लालटिनहरु, घर जाने बाटो, हामी के देख्छौ, नयाँ युगमा शत्रु लगायतका कृतिहरु प्रकाशित रहेका छन् । मंगलेशले कविता, डायरी, गद्य, अनुवाद, सम्पादन, पत्रकारिता र पटकथन लेख्ने जस्ता विधामा उनले कलम चलाएका छन् ।