कोरोना भ्याक्सीनमा अक्सफोर्डको दाबी: २४ हजारमा तीन जनाको रिपोर्ट नराम्रो
द नेपाल मिडिया
२४ मंसिर २०७७, बुधबार १४:२६
२४ मंसिर, रौतहट । हेल्थ जर्नल ल्यासेन्टले अक्सफोर्ड र एस्ट्राजेनेकाको भ्याक्सीनको तेश्रो ट्रायलको परिलो पूर्ण रिपोर्ट प्रकाशित गरेको छ ।
यो विश्वको कुनै पनि भ्याक्सीनको तेश्रो ट्रायलको पहिलो रिपोर्ट प्रकाशित भएको हो ।
प्रकाशित रिपोर्टमा २४ हजारको ट्रायल गरेकोमा मात्र तीन जनाको मात्रै रिपोर्ट नराम्रो आएको बताइएको छ ।
ल्यासेन्टका अनुसार बेलायत र ब्राजिलमा ११ हजार ६३६ जना ट्रायलमा सहभागी बनेका थिए ।






