रौतहटको नहरमा महिलाको शव फेला
२५ असार, रौतहट । रौतहटको राजपुर नगरपालिकामा रहेको नहरमा एक महिलको शव फेला परेको छ ।
राजपुर नगरपालिका को वडा नं. ३ स्थित डमार बाट फुतवा जाने बाटोको छेउमा रहेको नहरको पानीमा महिलाको शव फेला परेको हो । मृतक परोहा नगरपालिका ५ की २४ वर्षिया मुस्कान खातुन रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरिक्षक बसन्त गौतमले बताए ।
आज बिहान स्थानियले नहरमा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय राजपुर र जिल्ला प्रहरी कार्यालय गौरबाट गएको टोलिले शवलाई निकालेर पोष्टमार्टमका लागी प्रादेशि अस्पताल गौरमा पठाएको प्रहरी नायब उपरिक्षक गौतमले बताए ।
घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।






