एमडीएचको मालिक महाशय धर्मपाल गुलाटीको ९७ वर्षमा निधन

   १८ मंसिर २०७७, बिहीबार १०:४३  

१८ मंसिर, रौतहट । मशलाहरुको उत्पादक एमडीएच बा्रण्डका मालिक महाशय धर्मपाल गुलाटी बिहीवार निधन भएकोे छ । कार्डियक अरेस्टका कारण ९७ वर्षका उमेरमा उनको निधन भएको छ ।

दिल्लीको एक अस्पतालमा तीन हप्ता देखि गुलाटीको उपचार चल्दै थियो ।

धर्मपाल गुलाटी बंटवाराको क्रममा दिल्ली आएर पिसेको मसाला बेचेर आफ्नो पारिवारिक काम शुरु गरेका थिए ।