भारतमा कोरोनाबाट २४ घण्टामा ४८२ जनाको मृत्यु, ३१,११८ जना नयाँ संक्रमित भेटिए

   १६ मंसिर २०७७, मंगलवार ११:४३  

१६ मंसिर, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड १९)बाट थप ३१,११८ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टा ४८२ जना कोरोना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा परिवार नियोजन मन्त्रालयले दिएका जानकारी अनुसार २४ घण्टामा ३१,११८ जना कोरोनाभाइरसका नयाँ संक्रमित फेला परेका छन् भने ४८२ जना संक्रमितको निधन भएको छ । साथै पछिल्लो २४ घण्टामा ४१,९८५ जना निको भई घर फर्कि सकेका छन् ।

यसै जानकारी अनुुसार कुल संक्रमितको संख्या ९४,६२,८०९ पुगेका छन् । मंगलवार बिहान सम्म ८८,५८५ जना निको भई घर फर्कि सकेका छन् भने कोरोनाबाट कुल मृत्यु हुने संख्या १,३७,६२१ पुगेका छन् । कोरोनाभाइरसका सक्रिय संक्रमित हुने संख्या ४,३५,६०३ रहेका छन् ।