भारतमा कोभिड २४ घण्टामा थप ३८,७७२ नयाँ संक्रमित, मृत्यू हुने संख्या १,३७,१३९
१५ मंसिर, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ३८,७७२ जनामा संक्रमण भेटिएका छन् । पछिल्लो २४ घण्टा ४४३ जना कोरोनाभाइरस संक्रमितको दुख्द निधन भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएका जानकारी अनुसार २४ घण्टामा ३८,७७२ कोरोनाभाइरसका नयाँ संक्रमित फेला परेका छन् भने ४४३ जना संक्रमितको निधन भएको छ । साथै पछिल्लो २४ घण्टामा ४५,३३३ जना निको भई घर फर्कि सकेका छन् ।
यसै संग आइतबार बिहान सम्मा जम्मा संक्रमित संख्या ९४,३१,६९२ पुगेका छन् भने ८८,४७,६०० जना निको भई घर फर्कि सकेका छन् । कोरोनाभाइरसका सक्रिय संक्रमित हुने संख्या ४,४६,९५२ रहेका छन् ।