भारतमा कोभिड‍-१९ बाट २४ घण्टामा थप ४१,८१० नयाँ संक्रमित, मृत्यू हुने संख्या १,३६,६९६

   १४ मंसिर २०७७, आईतवार ११:२४  

१४ मंसिर, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ४१,८१० जनामा संक्रमण भेटिएका छन् । पछिल्लो २४ घण्टा ४९६ जना कोरोनाभाइरस संक्रमितको मृत्यू भएको छ ।

स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टामा ४१,८१० कोरोनाभाइरसका नयाँ संक्रमित फेला परेका छन् भने ४९६ जना कोरोनाभाइरस संक्रमितको निधन भएको छ ।

यसै संग आइतबार बिहान सम्मा जम्मा संक्रमित संख्या ९३,९२,९१९ पुगेका छन् भने ८८,०२,२६७ जना निको भई घर फर्कि सकेका छन् । कोरोनाभाइरसका सक्रिय संक्रमित हुने संख्या ४,५३,९५६ रहेका छन् ।