न्यूजील्यान्डमा भारतीय मूलका सांसदले संस्कृत भाषामा लिए शपथ
१० मंसिर, रौतहट । न्यूजील्यान्डमा भारतीय मूलका सांसद डा गौरव शर्माले संस्कृत भाषामा शपथ लिएका छन् । भारतबाहिर संस्कृत भाषामा शपथ लिने उनी भारतीय मूलका दोस्रा सांसद हुन् ।
लेबर पार्टीका सांसद शर्माले ह्यामिल्टन वेस्टबाट चुनाव जितेका हुन् । न्युजील्यान्डको संसदमा प्रवेश गर्ने पहिलो भारतीय मूलका व्यक्ति बनेर उनले यसअघि इतिहास रचिसकेका छन् ।
शर्माले शुरूमा न्युजील्यान्डको आदिभाषा माओरीमा शपथ लिएका थिए र त्यसपछि संस्कृतमा शथप लिए ।
यसअघि दक्षिण अमेरिकी मुलुक सुरीनाममा चन्द्रिका प्रसाद सन्तोखीले संस्कृत भाषामा शपथ लिएका थिए ।
गत जुलाई महिनामा सन्तोखीले हातमा वेदको पुस्तक राखेर संस्कृत भाषामा शपथ लिएका हुन् ।