ओली तथा नेता देउवा बिच भेटवार्ता
७ मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षदलका नेता शेर बहादुर देउवा संग शनिबार भेटवार्ता गर्नुभएको छ ।
हिजो दिउँसो भएको भेटवार्तामा रिक्त रहेको संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपतिहरुको नियुक्तिका बारेमा छलफल हुनुका साथै नेकपा भित्र पछिल्लो समयमा देखिएको अन्तरबिरोधका बारेमा पनि दुई नेता बीच कुरा भएको जनाईएको हो ।
सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेको बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा लिईएको छ ।
नेता रमेश लेखकलाई लिएर बालुवाटार पुग्नु भएका नेता देउवाले प्रधानमन्त्री ओली संग करिब डेढ घण्टा जति छलफल गर्नुभएको थियो । दुई शिर्षतहमा छलफल पछि दुईनेताले संवैधानिक निकायमा पदाधिकारी नियुक्त तथा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सहजिकरण गर्न जिम्मा दिएका छन् ।
हाल विभिन्न संवैधानीक निकायमा ४८ पद रिक्त रहेको छ, भने अधिकासं विश्वबिद्यालयमा उपकुलपति सहित पदाधिकारी रिक्त रहेको छ । साथै प्रधानमन्त्री ओलीले पार्टी भित्र बाट आफुलाई असहयोग भएको भन्दै परिस्थिती फेरिएमा सहयोग गर्न देउवा संग आग्रह समेत गर्नुभएको जनाईएको छ ।