गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदीलाई कोरोना पुष्टि

   २१ आश्विन २०७७, बुधबार १३:१८  

२१ असोज, रौतहट । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयका राजनीतिक सल्लाहाकार सूर्य सुवेदी ‘पथिक’लाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

‘बादल’लाई कोरोना संक्रमण पुष्टि भएपछि, कन्ट्याक ट्रेसिङका आधारमा मन्त्रालयका अन्य केही अधिकारीको पनि पीसीआर परीक्षण गर्दा आफूमा कोरोना पुष्टि भएको भन्दै ‘पथिक’ले सम्पर्कमा रहेका सबै जनालाई विशेष सावधानी अपनाउन भनेका छन् ।

यसअघि सरकारी निवास बालुवाटारस्थित सचिवालयका चार जना सदस्यमा पनि कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भइसकेको छ ।

त्यही कन्ट्याक ट्रेसिङका क्रममा थप ६७ जना सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।