नेकपा संसदीय दलको बैठक सुरु
१९ असोज, रौतहट । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बंठक सुरु भएको छ ।
प्रदेश राजाधानी र नामबारे निर्णय गर्न बिहान ७ बजेका लागि बोलाइएको सचिवालय बैठक ११ बजेपछि सुरु भएको हो । कडा सुरक्षाको बीच बैठक सुरु भएको छ । बैठकस्थल बाहिर व्यापक मात्रामा प्रहरी परिचालित गरिएको छ ।
मुख्यमन्त्री शंकर पोखरेल ढिला आएकाले बैठक ढिला गरी सुरू भएको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।
मन्त्रिपरिषद्ले प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव प्रदेशसभामा पेस भएको छ । उक्त प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक समेत डाकिएको छ ।
केही बेरअघि प्रदेश ५ मा राजधानीको विषयमा विवाद बढ्दै गइरहेको बेला प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिका सभापति भोजप्रसाद श्रेष्ठले राजीनामा समेत दिएका छन् ।
सांसद श्रेष्ठ संसदीय दलको बैठकमा अनुपस्थित छन् ।