प्रधानमनत्री केपी शर्मा ओली र प्रचण्डबीच भेटवार्ता

   ८ आश्विन २०७७, बिहीबार १२:५९  

८ असोज, रौतहट । सरकारी निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन बारे प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

मंगलबार बसेको सचिवालय बैठकले १० दिनभित्र सांगठनिक एकताको प्रस्ताव पेश गर्न दुई अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको थियो ।

त्यस्तै, दुई अध्यक्षहरूको भेटमा मन्त्रिपरिषद् पुनर्गठनबारे समेत छलफल हुन सक्ने बताइएको छ ।
स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेकाले दुई अध्यक्षले छलफल गरेर अघि बढ्ने एक सचिवालय सदस्यले बताए ।
आइतबार बसेको सचिवालय बैठकले समेत मन्त्रिपरिषद् पुनर्गठनको निर्णय गर्ने जिम्मेवारी दुई अध्यक्षलाई दिएको थियो ।

यही दिन मन्त्रिपरिषद पुनर्गठन हुन्छ, भनेर त भन्न सकिँदैन । तर अब छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, ती सचिवालय सदस्यले भने, मन्त्रिपरिषदमा कसलाई लैजाने र कति जनालाई हटाउने भन्ने दुई अध्यक्षले छलफल गरेर निर्णय गर्नुहुन्छ ।