दुबईका युवराज र अमेरिकी विदेशमन्त्री  बीच कुराकानी

   १० भाद्र २०७७, बुधबार १४:१४  

भदौं १०,रौतहट । दुबईका युवराज मोहम्मद बिन जायद अल नह्यान र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ बीच टेलिफोनमा कुराकानी भएको छ । युएई सैनिकको उपसर्वोच्च कमाण्डर समेत रहेका नह्यानसँग अमेरिकी विदेशमन्त्रीले दुई देशको आपसी सम्वन्ध र सहकार्यका बारेमा कुराकानी गरेका हुन् ।

टेलिफोनमा भएको कुराकानीका क्रममा उनीहरुका बीचमा साझा चासो र सरोकारका विषयमा छलफल भएको जनाइएको छ । साथै धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दामा पनि उनीहरुका बीचमा छलफल भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी दुबई र इजरायलका बीचमा सम्बन्ध सुधार्ने प्रयासका रुपमा पनि यो कुराकानीलाई उपयोग गरिएको थियो । त्यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न योगदान गर्ने र आधार तयार पार्ने विषयमा पनि उनीहरुले कुराकानी गर्नुभएको जनाइएको छ ।

दुई नेताले गल्फ कोअप्रेसन काउन्सिल र मध्यपूर्व क्षेत्रमा कोरोनाले पारेको असरका बारेमा पनि समीक्षा र चर्चा गरेका थिए । उनीहरुले यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि आआफ्नो तर्फबाट प्रयास जारी राख्ने अठोट पनि व्यक्त गरेका छन् ।

एजेन्सी