सङ्खुवासभा पुगे; एमाले अध्यक्ष ओली

   २६ पुष २०७८, सोमबार १४:४०  

२६ पुस, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सङ्खुवासभा पुगेका छन् ।

८ औँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि एमालेका अध्यक्ष तथा निर्वतमान प्रधानमनत्री केपी शर्मा ओली आज हेलिकप्टरबाट सङ्खुवासभाको सदरमुकाम खाँदबारी पुगेका हुन् ।

खाँदबारी नगरपालिका वडा नम्बर १ स्थित टुँडिखेलमा उद्घाटन हुने अधिवेशनको बन्दसत्र खाँदबारी–३ कृषि बजारमा हुनेछ । उद्घाटनका अवसरमा दुई वडाध्यक्षसहित विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्ने कार्यक्रम छ ।

अध्यक्ष ओलीसंगै एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरु अधिवेशनमा सहभागि हुन् सोमबार सङ्खुवासभा पुगेका छन् ।