सत्तारुढ गठबन्धनको बैठक सुरु

   १९ पुष २०७८, सोमबार ११:३३  

१९ पुस, रौतहट । सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।

आज बोलाइएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार सोमबार बालुवाटारमा बसेको बैठकमा कांग्रेस, नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागि भएका हुन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दलले चुनावी तालमेल गर्ने आपसी सहमति गरेका छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुने भएको छ ।