माओवादी केन्द्रका प्रतिनिधि सभा बैठक स्थगित

   १८ पुष २०७८, आईतवार ११:१६  

१८ पुस, रौतहट । नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा आजको बैठक स्थगित भएको छ । अर्काे बैठक पुस २२ गते (बिहीबार) बस्ने तय भएको छ ।

स्रोतका अनुसार महाधिवेशन चलिरहेकाले प्रचण्डले सभामुख अग्नि सापकोटालाई आइतबार बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित गरिदिन आग्रह गरेका थिए ।

प्रचण्डले गरेको आग्रहबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत सभामुख सापकोटाले जानकारी गराएका थिए । संघीय संसद् सचिवालयले विशेष कारणवश भन्दै आज बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको सुचना प्रकाशित गरेको छ ।