नेकपा माओवादीको स्थायी कमिटी बैठक सुरु

   १७ पुष २०७८, शनिबार ११:५१  

१७ पुस, रौतहट । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ । काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा बसेको बैठकमा सदस्यको चयन लगायतका विषयमा छलफल भइरहेको छ ।

स्थायी कमिटी बैठकलगत्तै आज बिहान ११ बजे बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा नेता देव गुरुङले विधानमाथि उठेका प्रश्नहरूको जवाफ दिने स्रोतले जनाएको छ ।

माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ ।