पुस १८ गते बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित

   ७ पुष २०७८, बुधबार १४:४७  

७ पुस, रौतहट । पुस १८ गते बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक पुस १८ गते (आइतबार) दिउँको १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधकै बीच मंगलबार पनि बैठक आज १ बजे बस्ने गरी स्थगित भएको थियो । अघिल्ला बैठकहरुमा जस्तै बुधबार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी नै राखेको स्रोतले जनाएको छ ।