प्रतिनिधि सभाको बैठक स्थगित

   ६ पुष २०७८, मंगलवार १४:०७  

६ पुस, रौतहट । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आज बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकैबीच मंगलबार सभामुखले बैठकको कारबाही अघि बढाएका थिए ।

तर, प्रतिपक्षी दल नेकपा एमालेको अवरोध निरन्तर भएकाले पुस ७ गते (बुधबार) दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ ।