पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई; ज्ञापनपत्र
८ मंसिर, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज संयुक्त विद्यार्थी संगठनका नेताले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
सरकारी निवास बालुवाटारमा बुधबार बिहान पुगेर ६ विद्यार्थी संगठनले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।
प्रधानमन्त्रीलाई बुझाईएको ज्ञापनपत्रमा अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्ठ, विप्लव निकट अखिल (क्रान्तिकरी) अध्यक्ष प्रकाश शाही, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, मोहन वैद्यनिकटअखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेललगायतले हस्ताक्षर गरेका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने ज्ञापनपत्र बुझाउँने क्रममा प्रधानमन्त्री देउवाले भनेको अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।