नवनिर्मित भवन उद्घाटन गर्न कैलाली पुगे ‘प्रचण्ड’

   ८ मंसिर २०७८, बुधबार ११:४५  

८ मंसिर, रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाली पुगेका छन् । भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र पार्टीको कार्यक्रमका लागि अध्यक्ष दाहाल कैलाली आएका हुन् ।

बुधबार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ‘प्रचण्ड’ले बोल्दै प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका हुन् । दाहालले सुदूरपश्चिम प्रदेश सरकार अहिल्यै परिवर्तन नहुने भन्दैँ वर्तमान सरकारलाई तदारुकताका साथ काम गर्न आग्रह समेत गरेका छन् ।

तीन तहको चुनाव एकसाथ गर्नु पर्ने दाहालको जोड छ । यसो गरेमा खर्च कम हुने उनले बताए ।

यसैबीच, ‘प्रचण्ड’ले एमसीसीको बारेमा पनि सबैसँग सल्लाह गरेर अगाडि बढ्ने बताएका छन् ।