एमालेको स्थायी कमिटी बैठक मंगलबार ११ बजे बस्ने
journey fortech
६ मंसिर २०७८, सोमबार १५:३८
६ मंसिर, रौतहट । आज बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
सोमबार दिउँसो ३ बजेको लागि बोलाएको बैठक मंगलबार ११ बजे बस्नेगरी स्थगित भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक तयारी पूर्णरुपमा नभएकोले भोलि ११ बजे एमालेको स्थायी कमिटी बैठक बोलाएको छ ।
५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्नको लागि आज बैठक बोलाइएको थियो ।