उपचार पश्चात् मेडिसिटीबाट डिस्चार्ज भए प्रचण्ड
journey fortech
२८ कार्तिक २०७८, आईतवार १४:४५
२८ कात्तिक, रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपचार पश्चात् आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उक्तचाप बढेपछि उपचारको लागि शनिबार मेडिसिटी अस्पतालमा भर्ना भर्ना भएको प्रचण्ड आइतबार डिस्चार्ज भएका छन् । स्वकीय सचिव गंगा दाहालले कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडको भोजपुरसम्मका कार्यक्रममा भाग लिने क्रममा भएको धपेडीले ‘प्रचण्ड’ अस्पताल भर्ना भएका थिए ।
उपचार पश्चात् चिकित्सकले उनलाई केही दिन घरमै आराम गर्न सुझाब दिएको सचिवालयले जनाएको छ । देशका विभिन्न जिल्लामा भइरहेका कार्यक्रममा सहभागी नभई ‘प्रचण्ड’ले अब केही दिन घरमै आराम गर्ने उनका सचिवालयले जनाएको छ ।