माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु
journey fortech
२३ कार्तिक २०७८, मंगलवार १३:०३
२३ कात्तिक, रौतहट । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।
आज बिहान ११ः३० बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफलको लागि बैठक बोलाएको स्रोतले जनाएको छ । स्रोतका अनुसार पार्टीको आन्तरिक सांगठनिक विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ ।
यसैबीच सोमबार मात्रै सत्तारुढ दलले गठन गर्ने भनेर गरिएको राजनीतिक संयन्त्रका बारेमा समेत बैठकमा छलफल हुने छ ।