भीम आचार्य आज राजीनामा दिने
१५ कात्तिक, रौतहट । प्रदेश सभा बैठकमा आज प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।
सोमबार उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका भएपनि बहुमत नपुगेको कारण उनले राजीनामा दिने भएका हुन् ।
सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै रहेका कारण गत भदौँ १० गते मुख्यमन्त्रीमा नियुक्त भएको भीम आचार्य आज राजीनामा दिने भएका छन् ।
९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । तर प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।