नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै
२० असोज, रौतहट । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।
सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउनलाई आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । आज बोलाइएको बैठकमा मन्त्रिमण्डलमा परेको भागवण्डामा कसलाई पठाउने भन्ने टुंगो लगाइने स्रोतले जनाएको छ ।
माओवादीले मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको भए पनि आजको बैठकमा त्यसबारे कुराकानी हुने बताइएको छ ।