असोज २१ गतेसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी
१९ असोज, रौतहट । असोज २१ गतेसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएको छ ।
आज बिहान सत्तारुढ दलका शीर्ष नेताहरुबीच मन्त्रालय भागवण्डाबारे छलफल हुँदा असोज २१ गते (बिहीबार)सम्म मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरुले बताएका छन् ।
सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति तथा शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी थिए ।