माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
journey fortech
१६ आश्विन २०७८, शनिबार १५:२०
१६ असोज, रौतहट । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
शनिबार दिउँसो ३ बजेतिर पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । आज बोलाएको बैठकमा अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो लाग्ने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे समेत छलफल हुने छ ।






