एमालेको विधान महाधिवेशन ललितपुरमा सुरु
journey fortech
१५ आश्विन २०७८, शुक्रबार १४:२५
१५ असोज, रौतहट । ललितपुरको गोदावरीमा नेकपा एमालेको विधान महाधिवेशन सुरु भएको छ ।
पहिलो पटक हुन लागेको एमालेको अधिवेशनमा पार्टीका अध्यक्ष केपी शर्मा ओली समेत सहभागि भएका छन् । गोदावरी अध्यक्ष ओली पुगेसंगै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले कार्यक्रम संचालन गरिरहेका छन् ।
गोदावरीमा आज बिहानैबाट बाक्लो संख्यामा नेताहरुको उपस्थिति देखिएको छ ।






