राष्ट्रियसभाको बैठक असोज १८ गते बस्ने
१४ असोज, रौतहट । असोज १७ गते (आइतबार)का लागि बोलाएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।
संसद सचिवालयले आज विज्ञप्ती जारी गर्दै एकदिन पर सोमबार असोज १८ गतेका लागि सारिएको छ । आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक सोमबार बिहान ११ बजेका लागि बस्ने गरी सूचना प्रकाशन गरिएको हो ।
संसदमा २३ दिनदेखि नेकपा एमालेले संघीय सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर बैठक अवरुद्ध गर्दै आएका छन् ।