माधवलाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

   ११ आश्विन २०७८, सोमबार १४:२९  

११ असोज, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच सोमबार बिहान भेटवार्ता भएको छ ।

आज बिहान प्रचण्ड माधवको निजी निवास कोटेश्वर पुगेका थिए । आजको भेटघाटमा उनीहरुबीच समसामयिक राजनीतिकको विषयमा छलफल भएको छ ।