संसद बैठक १५ मिनेटका लागि स्थगित

   २७ भाद्र २०७८, आईतवार १४:०३  

२७ भदौ,रौतहट ।

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । एमाले सांसदको अवरोध कायम रहेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

नाराबाजीमा उत्रिएका एमाले सांसदहरूलाई समस्या समाधानका लागि संवादमा आउन आग्रह गर्दै सभामुख सापकोटाले बैठक स्थगित गरेका हुन् ।

यसअघि बुधबार र शुक्रबार दुई दिनको बैठकमा पनि एमाले सांसदहरूको नाराबाजी भएको थियो ।
न्युज कारखानाबाट