आज ४ बजे मन्त्रिपरिषदको बैठक बस्दै

   १६ भाद्र २०७८, बुधबार ११:१३  

१६ भदौँ, रौतहट । सरकारी निवास बालुवाटारमा आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

बालुवाटारमा बुधबार अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डामा नै छलफल हुने बताइएको छ ।